शिक्षा विकास तथा समन्वय एकाइ कैलालीले कक्षा ९ का विद्यार्थीको रजिष्ट्रेशन नम्बर इन्ट्री गर्न आग्रह गरेको छ। २०८१ सालको एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको रजिष्ट्रेशन नम्बर इन्ट्रीका लागि एकाइले बुधबार जिल्लाका सबै माध्यमिक विद्यालयलाई पत्र पठाएको हो।
रजिष्ट्रेशन फाराम खुलिसकेकाले सम्बन्धित विद्यालयका परीक्षा समन्वयकर्तालाई ल्यापटपसहित एकाइमा उपस्थित भई तालिका अनुसार इन्ट्री गर्न अनुरोध गरिएको छ। इन्ट्रीको अन्तिम म्याद मंसिर २० गतेसम्म तोकिएको छ। समयमै इन्ट्री नगरिए त्यसको जिम्मेवारी विद्यालयलाई नै हुनेछ भन्ने कुरा पत्रमा स्पष्ट गरिएको छ।