शिक्षकले विद्यालय समयमा आयोगको तयारी कक्षा लिन नपाउने

शिक्षकले विद्यालय समयमा आयोगको तयारी कक्षा लिन नपाउने
एडुपाना मंगलबार, फाल्गुन ३, २०७८

शिक्षा तथा मानव स्रोत केन्द्रले शिक्षकहरुले विद्यालय समयमा नियमित पठनपाठन गराउन छोडेर शिक्षक सेवा आयोग, लोक सेवा आयोग लगायतका तयारी कक्षा गरेको पाईए कार्वाही गर्ने भएको छ ।

केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालयको समयमा लोक सेवा आयोग,शिक्षक सेवा आयोग लगायत तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने तथा पढाउने, अनलाइन कक्षामा सामेल हुने गुनासो आएको जानकारी गरायँदै विद्यालय समयमा नियमित पठनपाठन गराउन निर्देशन दिएको हो ।

साथै विद्यालय समयमा पठनपाठन नगरे शिक्षा नियमावली २०५९ को नियम १३३ को उपनियम (१) को प्रावधान विपरित भई विभागीय सजाय समेत आकर्षित हुने भएकोले विद्यालय समयमा उक्त कार्य नगर्न, नगराउन हुन स्थानीय तह मार्फत सबै शिक्षकहरुलाई निर्देशन दिन इकाइ मार्फत नियमित अनुगमन व्यावस्था मिलाउन निर्देशन दिएको छ ।