सिटिइभिटीद्धारा डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फाराम खुला

सिटिइभिटीद्धारा डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फाराम खुला
एडुपाना शुक्रबार, फाल्गुन २०, २०७८

सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा प्रमाणपत्र तहको सेमेस्टर परीक्षा प्रणालीको नियमित÷आंशिक परीक्षा आवेदन फाराम खुला गरेको छ ।

विभिन्न् कार्यक्रमहरुको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्ड नियमित र आंशिक परीक्षा आगामि चेत÷वैशाखमा सञ्चालन हुने भएकाले परीक्षार्थीहरुलाई परीक्षा आवेदन फाराम भरी बुझाउन भनिएको हो ।

परीक्षार्थीहरुले चेत ६ गतेभित्र नियमित र त्यसपछि चैत १३ गतेभित्र विलम्ब शुल्क सहितको म्याद तोकिएको छ ।