‘मिस्टर एन्ड मिस के एम सी २०७८’ सम्पन्न

‘मिस्टर एन्ड मिस के एम सी २०७८’ सम्पन्न
एडुपाना शनिबार, फाल्गुन २१, २०७८

शनिबार राजधानीमा ‘मिस्टर एन्ड मिस के एम सी २०७८’ को अन्तिम प्रतिस्पर्धा एक भव्य कार्यक्रम सहित  सम्पन्न भएको छ । मिस के एम सी २०७८ आस्था कलौनीले जितेकी छिन् भने मिस्टर के एम सी २०७८ प्रसन्न पौडेलले जिते ।

पुरुषतर्फ राज बिक्रम बोहरा फर्स्ट रनर अप तथा रबिन बुढाथोकी सेकेन्ड रनर अप घोषित भए । त्यसैगरी महिलातर्फ अर्पिता श्रेष्ठ र प्राथना चौहानले क्रमश फर्स्ट तथा सेकेन्ड  रनर अपको ताज प्राप्त गरे ।

कार्यक्रममा केएमसी कलेजका निर्देशकहरु मुक्तिराम अर्याल, अजय ढकाल, प्रिन्सिपल डाक्टर नगेन्द्र अर्याल, अध्यक्ष मनोज सुबेदी, को-अर्डिनेटरहरु  दुर्गादत्त अधिकारी र प्रकाश पौडेलको विशेष अतिथ्यता रहेको थियो । कार्यक्रममा मोडेल तथा अनुजा मिडियाकि संस्थापक अध्यक्ष अनुजा आचार्य, मेरीना खड्का, अचल कुमार शाही र निशान पौडेल निर्णायक मन्डलमा थिए ।

विधागत तर्फ भने रबिन बुढाथोकीले बेस्ट ट्यालेन्ट, दीप सेखर श्रेष्ठले फोटोजेनिक, अर्पिता श्रेष्ठले बेस्ट स्माईल, रितिशा पान्डेले बेस्ट पर्सनालिटी, बिशाखा श्रेष्ठले बेस्ट ड्रेस तथा श्रीया कार्कीले  बेस्ट वाक अवार्ड हात पार्न सफल रहे ।

के एम सी कलेजले युवा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कार्यक्रमको आयोजना गरिएको अतिरिक्त कृयाकलाप प्रमुख अमित घर्तिले जानकारी दिए ।