प्याब्सन महाधिवेशन : विभिन्न पदका लागि उम्मेदवारी दर्ता, अध्यक्ष र कोषाध्यक्ष निर्विरोध (नामावली सहित)

प्याब्सन महाधिवेशन : विभिन्न पदका लागि उम्मेदवारी दर्ता, अध्यक्ष र कोषाध्यक्ष निर्विरोध (नामावली सहित)
एडुपाना बिहीबार, चैत ३, २०७८

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया सकिएको छ । प्याब्सनको संशोधित विधान अनुसार महाधिवेशन हुनु भन्दा ७ दिन अगाडि नै उम्मेदवारी मनोनयन गर्नुपर्ने व्यवस्था भएकाले आज मनोनयनको प्रक्रिया सकिएको हो ।

तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा अहिलेका सह–अध्यक्ष डी.के. ढुङ्गानाको मात्र उम्मेदवारी परे पछि निर्विरोध चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा शन्तोषमणी न्यौपाने, भूगोल उपाध्यक्षमा वागमती प्रदेशमा थकिन कुमार गुरुङ्, कर्णाली प्रदेशबाट नैनसिंह खत्री पनि निर्विरोध चयन भएका छन् ।

उनिहरुको विरुद्धमा कसैले उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरे पछि निर्विरोध चयन भएका हुन् । यसलाई निर्वाचन कमिटीले औपचारीक रुपमा घोषणा गर्न बाँकी रहेको छ ।

सह–अध्यक्ष पदका लागि इश्वर बहादुर गुरुङ् र आशिष श्रेष्ठले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षहरु दिपिका रिमाल थापा, गोपाल प्रसाद आचार्य र कृष्ण प्रसाद अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

खुला उपाध्यक्षमा किशोर गौतम, गोपाल कार्की, वीरबहादुर बुढाथोकि, जगविर थापा, तुकाराम ढकाल, नारायण प्रसाद घिमिरे, टंक बहादुर भट्टराई,नवराज महत र राजेश कुमार दासले दर्ता गराएका छन् । महिला उपाध्यक्षमा संगिता सिलवालको रहेको छ ।

अहिलेका प्याब्सन केन्द्रका महासचिव कुमार घिमिरेले पुनः महासचिव पदका लागि उम्मेदवारी दिएका छन् भने उप महासचिव आर.बी कटुवालले महासचिव पदका लागि उम्मेदवारी दिएका छन् । उप महासचिव पदका लागि भुवनलाल श्रेष्ठ, भिमसेन के.सी. र शिब कार्कीले उम्मेदवारी दर्ता गराए ।

आगामी चैत ९ र १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने १५औं राष्ट्रिय महाधिवेशनले तीन वर्षे कार्यकालका लागि २७ जना पदाधिकारीहरू र ३९ जना सदस्य सहित ६६ जनाको कार्यसमिति चयन गर्ने छ ।