प्रभात ईंग्लिश बोर्डिङ सेकेन्डरी स्कुलका संस्थापक प्राचार्य शर्मालाई ‘टप फिफ्टी एडुकेटर अवार्ड’ प्रदान

प्रभात ईंग्लिश बोर्डिङ सेकेन्डरी स्कुलका संस्थापक प्राचार्य  शर्मालाई ‘टप फिफ्टी एडुकेटर अवार्ड’ प्रदान
एडुपाना सोमबार, फाल्गुन १४, २०८०

प्रभात ईंग्लिश बोर्डिङ सेकेन्डरी स्कुल, रुपन्देहीका संस्थापक प्राचार्य अनन्तराम शर्मा 'टप फिफ्टी एडुकेटर अवार्ड' द्वारा सम्मानित भएका छन । बिगत ३२ बर्षदेखि शिक्षा क्षेत्रमा आबद्ध अनन्तराम शर्माले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

मेरो इन्टरभ्यू र यात्रा प्लसको प्रायोजन तथा योङ लिडर्स प्रोग्रामको सहयोगमा सक्सेस मिडिया र एडुपानाले नेपालको शैक्षिक क्षेत्रमा बिशेष योगदान दिएका व्यक्तित्वहरुको योगदानलाई कदर गर्दै "टप फिफ्टी एडुकेटर अवार्ड" प्रदान गरेको हो ।