सुश्मा गोदावरी कलेजका बलराम पन्तलाई ‘टप फिफ्टी एडुकेटर अवार्ड’प्रदान

सुश्मा गोदावरी कलेजका बलराम पन्तलाई ‘टप फिफ्टी एडुकेटर अवार्ड’प्रदान
एडुपाना सोमबार, फाल्गुन १४, २०८०

सुश्मा गोदावरी कलेज, इटहरीका संस्थापक तथा शैक्षिक निर्देशक बलराम पन्त 'टप फिफ्टी एडुकेटर अवार्ड' द्वारा सम्मानित भएका छन ।

ई. स. १९८० सालामा झापा जिल्लाको लखनपुर -८ मा जन्मिएका बलराम पन्तले त्रिभुवन विश्वविद्यालयबाट एम. एस्सी. प्रथम श्रेणीमा पास गरेका छन ।

शिक्षण  पेशामा गहिरो रुचि राख्न्ने पन्तले झापा जिल्लाको भद्रकालि मा.बि. वाट बिज्ञान शिक्षकको रुपमा आफ्नो यात्रा सुरु गरेका थिए । पछी बिराट क्याम्पस, बिराटनगरमा अध्यापन गर्दैगर्दा आफ्नै शैक्षिक संस्था चलाउने सोचले बि. स. २०५६ मा बिराटनगरमा अर्किड स्कुलको स्थापना गरी प्रिन्सिपल तथा अध्यक्षको रुपमा सकृय पन्त बि. स. २०६० साल देखि हालसम्म इटहरी स्थित सुश्मा गोदावरी कलेजमा एकाडेमिक डाइरेक्टरको रुपमा रहेका छन । यस कलेजमा हाल २००० भन्दा बढी विद्यार्थी हरु अध्ययन गर्दछन ।

मेरो इन्टरभ्यू र यात्रा प्लसको प्रायोजन तथा योङ लिडर्स प्रोग्रामको सहयोगमा सक्सेस मिडिया र एडुपानाले नेपालको शैक्षिक क्षेत्रमा बिशेष योगदान दिएका व्यक्तित्वहरुको योगदानलाई कदर गर्दै "टप फिफ्टी एडुकेटर अवार्ड" प्रदान गरेको हो ।