त्रिवि नयाँ कार्यक्रमको लागि आवेदन दिने म्याद बढायो

त्रिवि नयाँ कार्यक्रमको लागि आवेदन दिने म्याद बढायो
एडुपाना मंगलबार, कात्तिक १३, २०८१

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयले नयाँ शैक्षिक कार्यक्रम थप्नको लागि आवेदन दिने म्याद विस्तार गरेको छ। गुणस्तर सुनिश्चितता र प्रत्यायनमा रहेका क्याम्पस र कलेजहरूले अब ३५ दिन भित्र सम्बन्धित डीन कार्यालयमा आवेदन दिन सक्नेछन्।

यो निर्णय विश्वविद्यालयको कार्यकारी परिषदले लिएको हो र २०८१ सालको असार २९ को निर्णयअनुसार प्रक्रिया अघि बढाउनका लागि सरोकारवालासँग थप छलफल गर्नुपर्ने भएकाले म्याद थप गरिएको हो।