अमेरिकाको टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ ।
अमेरिकाको टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ ।
अब प्रहरीले आफ्नो अनुसन्धानमा बन्दुकधारीले कुनै रोकटोक बिना नै स्कूलमा प्रवेश गरेको दाबी गरेको छ ।
टेक्सास रेन्जर भिक्टर एस्केलोनका अनुसार स्कूलको सुरक्षामा रहेका कुनै पनि सशस्त्र गार्डले आक्रमणकारीलाई रोक्ने प्रयास गरेनन् र त्यसबेला विद्यालयको ढोका बन्द थियो कि थिएन भन्ने कुरा स्पष्ट भएको छैन ।
एस्कालोनले प्रहरी कारबाहीको आलोचनाको बचाउ गरेका छन् ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रतिवेदनमा बन्दुकधारीले गोली चलाउँदा प्रहरीले प्राथमिक विद्यालयमा प्रवेश गर्न हतार नगरेको दाबी गरिएको छ ।
प्रारम्भिक रिपोर्टमा गार्डलाई गोली हानिएको बताइँदै छ । यो कुरा एस्कालोनले खण्डन गरेका छन् ।
स्थानीय समय अनुसार बिहान ११ : ४० बजे बन्दुकधारी विद्यालयमा प्रवेश गरेको र त्यसको चार मिनेटमै प्रहरी अधिकारीहरु पनि विद्यालयभित्र रहेको उनले बताए ।
एस्कालोनले एक पत्रकार सम्मेलनमा आक्रमणकारीले लगातार गोली चलाउँदै गरेकोले प्रहरी तुरुन्तै भित्र पस्न नसकेको बताएका छन् ।
मृत्यु हुनेमा अधिकांश साना बालबालिका
संदिग्धसँग सेमी अटोमेटिक राइफल र ह्यान्डगन बोकेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
गोलीबारी उक्त प्राथमिक विद्यालयमा भएको थियो जहाँ ५ देखि ११ वर्षका बालबालिका थिए । मृत्यु हुनेमा अधिकांश दोस्रो, तेस्रो र चौथो कक्षाका बालबालिका थिए, जसको उमेर ७ देखि १० वर्षको बीचमा रहेको बताइएको छ ।