‘दिन त कट्यो’ भिडियो रिलिजको तयारीमा

‘दिन त कट्यो’ भिडियो रिलिजको तयारीमा
एडुपाना बुधबार, असार १, २०७९

गीतकार तथा गायक प्रशान्त मिस्टद्वारा रचना भएको 'दिन त कट्यो' पप र्याप शैलीको गीत हो । हालै मात्र शूटिंग सकिएर पोस्ट प्रोडक्सनमा रहेको म्युजिक भिडियोमा गायक रवि सुबेदी र गायिका प्रकृति बास्कोटाको आवाज रहेको छ। गीतमा फिचरिङ्ग र्यापर प्रशान्त मिस्ट छन्। यस गीतका कम्पोजर आकाश के. यम. र म्युजिक अरेन्जर तथा निर्देशक दिपेश सिंह हुन् भने भिडियोको छायांकन बसन्त महर्जनले गरेका हुन् । फोटोग्राफर विजय बज्राचार्य र मेक -अप आर्टिस्ट सम्सेर लामा रहेको भिडियोमा मोडेल उजिता बज्राचार्यको अभिनय देख्न सकिन्छ। यस भिडियोको सम्पादन प्रशान्त मिस्टले गरेका छन्। सबै टीमलाई सफलताको शुभकामना ।