कांग्रेसले संस्थागत तथा निजी विद्यालय शिक्षक संघलाई शुभेच्छुक संस्थाको मान्यता दिने

कांग्रेसले संस्थागत तथा निजी विद्यालय शिक्षक संघलाई शुभेच्छुक संस्थाको मान्यता दिने
एडुपाना सोमबार, असार २७, २०७९

काठमाडौँ /२७ असार-नेपाली कांग्रेसले नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघलाई शुभेच्छुक संस्थाको मान्यता दिने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दुई भ्रातृ र नौ वटा शुभेच्छुक संस्थाहरुलाई मान्यता दिने गरी प्रस्ताव तयार गर्दै नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघलाई पनि शुभेच्छुक संस्थाको मान्यता दिने तयारी गरेको हो ।

पदाधिकारीले पास गरेको यो प्रस्ताव सोमबारदेखि बस्ने बैठकमा प्रस्तुत गरिनेछ । बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरुलाई भ्रातृ तथा शुभेच्छुक संस्थाकोरुपमा अनुमति प्रदान गर्नेछ ।