मनास्लु वर्ल्ड स्कुलकी एकेडेमिक डाइरेक्टर शशीकला खड्का 'टप फिफ्टी एडुकेटर अवार्ड' द्वारा सम्मानित भएकि छिन् ।
संखुवा-सभामा जन्मिएकी खड्का बिगत १५ बर्ष देखि बिज्ञान बिषयको शिक्षिका हुँदै कोअर्डिनेटर तथा हाल मनास्लु वर्ल्ड स्कुलमा एकेडेमिक हेडको रुपमा कार्यरत छिन् । खड्का लायन्स् क्लब लगायत बिभिन्न संघ संस्थामा आवद्ध रहेकी छिन्।
मेरो इन्टरभ्यू र यात्रा प्लसको प्रायोजन तथा योङ लिडर्स प्रोग्रामको सहयोगमा सक्सेस मिडिया र एडुपानाले नेपालको शैक्षिक क्षेत्रमा बिशेष योगदान दिएका व्यक्तित्वहरुको योगदानलाई कदर गर्दै "टप फिफ्टी एडुकेटर अवार्ड" प्रदान गरेको हो ।