परिक्षाको ग्रेड अनुसार पढाइमा अब्बल विद्यार्थी एक ठाउँ र अलि कमजोर विद्यार्थी अर्को ठाउँ गरेर 'क्लास सेक्सन' विभाजन गरिन्छ । यसो गर्दा विद्यार्थीहरुको मनोविज्ञानमा चाहिँ फरक पर्न सक्छ । तर विद्यार्थीहरुको प्रोग्रेस अनुसार हेर्ने वा पढाइमा कसरी सुधार गर्न सकिन्छ भन्ने तरिकाले हेर्ने हो भने चाहिँ ट्यालेन्ट् विद्यार्थीहरु एक ठाउँ र कम्जोर विद्यार्थीहरु अर्को ठाउँ राख्दा कम्जोर विद्यार्थीहरुलाई त्यसै अनुसारको करिकुलम बनाएर अगाडी बढाउन सकिन्छ ।त्यसैगरी ट्यालेन्ट् विद्यार्थीहरुलाई अझैँ हाईएर एडुकेसन दिन र च्याप्टर अगाडी बढाउन सकिन्छ । यस्को चाहिँ आफ्नै फाइदा र बेफाइदा रहेको छ । एउटै क्लास्मा एकै लेभलका विद्यार्थीहरु हुँदा उनिहरुले पढाइमा अल्टिमेट्ली राम्रो गरेको, उनिहरुको पढाइमा प्रोग्रेस भएको हेर्न सकिन्छ । कतिपय अवस्थामा विद्यार्थीहरु कोही ट्यालेन्ट् कोही कम्जोर हुँदा कम्जोर विद्यार्थीले सिक्ने अवसर पाउदैनन् र उनिहरुको लेभल अनुसार हामीले पढाउन पनि सक्दैनौँ ।पढाइहालेपनी यस्ले अब्बल र ट्यालेन्ट् विद्यार्थीहरुलाई डिस्टर्ब हुन्छ । तसर्थ, दुईटै तथ्यलाई ध्यान दिएर क्लासहरु अगाडी बढाउनु पर्छ ।
दशरथ ज्ञवाली, प्रिन्सिपल, रिलायन्स इन्टरनेशनल कलेज