देशको वर्तमान अवस्था

देशको वर्तमान अवस्था
आकाश कुँवर बुधबार, असोज ९, २०८१

नेपाल भौगोलिक विविधता, हिमालयन पर्वत, हिम श्रृङ्खला, नदीनाला र सामाजिक एवं साँस्कृतिक विविधताले भरिएको देश हो । हिमाल हाँसेको, मुनाल नाँचेको अनि कोइलीले गीत गाएको सुन्दर क्षेत्र विश्वमा यही देश नेपाल हो । तर यहाँको राजनीतिक अवस्थाले यति सुन्दर देशलाई छियाछिया पारेको कुरा वर्तमान अवस्थाबाट प्रष्ट देख्न सकिन्छ ।

 

 

वर्तमान समयमा धार्मिक सहिष्णुता, धार्मिक एकता, सामाजिक र सदाचार केवल बोलाइ र लेखाइमा मात्र सीमित रहन गयो । वीर गोर्खालीका सन्तान केवल नारा, जुलुसको रूपमा सीमित हुन गयो । नकि जनताको व्यवहार अनि विश्वको पहिचानमा ठूला दलहरूको दाहोरी अनि सत्ताको निम्ति लडाई र लोभमै व्यस्त छन् । राज्यशक्तिको बाँडफाँड र सत्ताको मोहले गर्दा न देशमा परिवर्तन भयो न कुनै असल राजनेता आयो केवल जनताको दुःख परिवर्तन भनेको ठूला ठूला भवन बन्नु, बाटो विस्तार हुनु मात्र नभई जनताले सरकारबाट राखेको चाहना र आधारभूत आवश्यकता पूरा नहुनु हो । उच्च आयातले गर्दा उच्च मूल्यवृद्धि, बेरोजगारीका कारण देशमा आर्थिक कारोवार न्यून छ । देशमा मुद्राको अभाव छ । जनतामा सास्ती बढिरहेको छ । मुद्रा आयातले गर्दा विदेशिदै छ भने विदेशी मुद्राको सञ्चिति न्यून छ तर सरकार भने सत्ता समीकरणमै व्यस्त छ । देशमा केही गर्न बाध्य छन भने कोही त अनागरिकसम्म हुन पुगेका छन् । सायद नेपाल आमाकै कोखमा खोट पो छ कि न? भ्रष्टाचार उच्च दरमा बजिरहेको छ । देशको स्वाधीनता नष्ट हुँदै गएको छ । देश आर्थिक सङ्कटमा डुबिरहेको छ । बजार व्यवस्थापनको अभावले नेपाली उत्पादनले बजार पाउन सकको छैन। मूल्य निर्धारणको अभावले जनता सधै मारमा परेका छन् । वि.सं. २०७२ को संविधानमा नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक सार्वभौम सत्ता सम्पन्न मुलुक त भनेर घोषणा भयो तर जनताले यसको अनुभव कहिल्यै गरेनन् । जन्मेको गाउँ, पाखा, पखेरामा हरियाली छाएको कारण बाढी पहिरोले गर्दा मरुभूमिकरणमा परिणत हुन थालेछ । ठूलाठूला भवन निर्माण भए, बाटाघाटाहरू सञ्चालित भए । स्वास्थ्य चौकी, विद्यालयहरू स्थापना त भए तर यसको व्यवस्थापन गर्न नसक्दा जनताले कहिल्यै सुखभोग गर्न पाएनन् । यो देश कहिल्यै बन्दैन किनकि यो सतिले सरापेको देश हो भन्ने भनाइ समाजमा प्रचलित छ तर यो घटना करिब पाँच शताब्दी अधिको हो। वि.सं. २०७० साल अघिसम्म देश विकासशील थियो । संसारमा वीर गोर्खालीको सम्मान विश्वमा उच्च थियो भन्ने कुरा राजा त्रिभुवन, महेन्द्र, दिपेन्द्र, ज्ञानेन्द्र वीर विक्रम शाहको वैदेशिक भ्रमण, छलफल अनि नीतिबाट प्रष्ट हुन्छ । देशमा जनताले एकताको भावना, सामाजिक सहिष्णुता, सदाचारको सुखभोग गर्न पाएका थिए । समाजमा शान्ति, सुरक्षाको प्रत्याभूति गर्न पाएका थिए तर गणतन्त्रको आगमनले ठूला दलहरूको फाइदाले बोझ बोक्यो न कि दलहरूको जनताको त्यसैले यो देशलाई सतिले सरापेको देश नभनेर वि.सं. २०६२/६३ को आन्दोलनमा परी मृत्यु भएका सहिदले सरापेको देश भन्नु उपयुक्त होला कि ?

देशमा भएको वर्तमान अवस्थालाई जनताले सकारात्मक क्रान्तिको सुरुवात गरी देशमा राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र जनताको बारेमा चिन्ता व्यक्त गर्ने राजनेताको आगमन गराउनु आवश्यक छ ।

 

आकाश कुँवर, कक्षा १०, रत्नराज्य माध्यमिक विद्यालय