पढाइ सँगै रोजगार गर्नाले विद्यार्थीहरुमा नेतृत्व कौशलको विकास हुन्छ। धेरै विद्यार्थीहरु उपत्यका आधारित हुन्छन्। पढाइको लागि कतिपय विद्यार्थीहरु होस्टेल बस्छन् भने कतिपय विद्यार्थीहरु एउटा कोठा लिएर भाडामा बस्छन् । जसकारण उनिहरु आर्थिक रूपमा कमजोर हुन्छन्। तर पढाइ सँगै रोजगार गर्नाले आर्थिक स्थिति सुधार गर्न मद्दत पुग्छ। विद्यार्थीहरु आत्मनिर्भर हुन्छन् र उनिहरुमा नेतृत्व कौशलको विकास हुन्छ। तसर्थ मेरो विचारमा पढाइ सँगै रोजगार गर्नु राम्रो हो। वास्तवमा पढाइ, रोजगार,र नेतृत्व कौशल अन्तरसम्बन्धित छन् ।
किसोर थापा, प्रिन्सिपल, श्री बज्रयोगिनी सेकेन्डरी स्कुल