बाटो बिराएको युवा

बाटो बिराएको युवा
आकाश कुँवर बिहीबार, कात्तिक १, २०८१

राष्ट्रले के खोज्दै छ ?

तुंवा मेटाउने ज्योति ।

देशले के माग्दै छ ?

काँध हाल्ने व्यक्ति ।।

 

तर खोइ ! आज ती

लोक सङ्गीत भाका ।

ती हाम्रा अगिल्ला पुस्ताले गाका

हाम्रा विरताका गाथा ।।

 

तपोमय जीवनका आस्था

एउटै पनि भेटिनन् कतै ।

पहिचान भएका नेपाली पुस्ता

नेपाल आमा अझै कुरी रहेकी छिन् ।।

 

आफ्ना सन्तानको पर्खाइमा

देश बनाउने सङ्कल्प लिएर   विदेशिएका ।

देशभक्त छोरा बाटो बिराएका युवा फर्क फर्क प्यारो आफ्‌नै देशमा फर्क ।।

आकाश कुँवर, विद्यार्थी, कक्षा १०