काठमाडौँ महानगरपालिकाद्वारा ‘फेस्टिभल क्याम्प’ सञ्चालन गरिने

काठमाडौँ महानगरपालिकाद्वारा ‘फेस्टिभल क्याम्प’ सञ्चालन गरिने
एडुपाना शुक्रबार, कात्तिक २, २०८१

कक्षा १० का विद्यार्थीहरुलाई अध्ययनप्रति रुचि जगाउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले ‘फेस्टिभल क्याम्प’  सञ्चालन  गर्न लागेको हो।

महानगरका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झालेका अनुसार यो क्याम्पमा २ हजार २७७ जना विद्यार्थी सहभागी हुन्छन्। उनका अनुसार एउटा केन्द्रमा १५० जना विद्यार्थी र एउटा कक्षामा २५-३५ जना विद्यार्थी सहभागी हुनुपर्ने छ। सहभागी हुन अनिवार्य  भने छैन। सो क्याम्प कक्षा १० का विद्यार्थीहरुलाई एसईई सहायता हुने गरी  दशैँ र तिहारको बिच र जाडो बिदामा सञ्चालन हुन लागेको हो।