शैक्षिक वर्ष २०८१ को विद्यालय शिक्षासँग सम्बन्धित विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Integrated Educational Management Information System-IEMIS) मा अद्यावधिक गर्न सूचना प्रकाशित गरिएकोमा भौतिक तथा व्यवस्थापकीय पक्षसँग सम्बन्धित विवरण पूर्णरुपमा अद्यावधिक नगरेकोले दरबन्दी र तलबभत्ता भुक्तानीमा समस्या भएको छ। सो कारण असोज ३० गते सबै स्थानीय तहलाई पत्र लेख्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको विवरण अद्यावधिक गर्न गराउन आग्रह गरेको छ।