राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको कक्षा १२को वार्षिक परिक्षा २०८२ साल वैशाख ११ गते संचालन गर्ने निर्णय गरेको छ । कक्षा १२ को पुरकपरीक्षा २०८२ भदौ २० गतेदेखि संचालन गर्ने भनिएको छ । त्यसैगरी कक्षा १२ को नतिजा साउन १५ गतेभित्र र पुरकपरीक्षाको नतिजा कार्तिक १५ गतेभित्र सार्वजनिक गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले लिएको छ ।