पाठ्यक्रम विकास केन्द्रले सामाजिक अध्ययन विषयको सबै कक्षाको पाठ्यक्रम परिमार्जनको सम्पूर्ण काम पुस महिना भित्र सक्ने जानकारी गरेको छ ।
केन्द्रले सामाजिक अध्ययनको पाठ्यक्रम परिमार्जनका लागि अहिलेसम्म रोस्टर शिक्षकहरूको वर्कसप गरिसकेको छ । साथै सामाजिक अध्ययन अध्यापन गराउने १ सय ५९ जना शिक्षकहरूको सहभागीतामा छलफल सम्पन्न भएको जनाएको छ । छलफलमा हरेक जिल्लाबाट आधारभूत तहका २ जना र माध्यमिक तहका २ जना शिक्षकहरूको सहभागीता गराइएको थियो ।