आगामी वर्षदेखि स्नातक तहका प्रश्नपत्र दुवै अङ्ग्रेजी र नेपाली भाषामा सोधिने

आगामी वर्षदेखि स्नातक तहका प्रश्नपत्र दुवै अङ्ग्रेजी र नेपाली भाषामा सोधिने
एडुपाना मंगलबार, कात्तिक ६, २०८१

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक तहका प्रश्नपत्रहरू दुवै अङ्ग्रेजी र नेपाली भाषामा सोधिने निर्णय गरेको छ ।

सो निर्णयबारे त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई जानकारी गराउँदै  पहिलो चरणमा हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय  र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइएको जनाएको छ ।