शिक्षा क्षेत्रका प्रमुख व्यक्तित्वहरू, विद्यालयका संस्थापक प्रिन्सिपल, शैक्षिक निर्देशक र प्रमुख, शिक्षकहरूका लागि लक्षित गर्दै प्याब्सनले तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन २०८१ मङ्सिर १४ र १५ गते सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनमा ५० भन्दा सामुदायिक विद्यालयका शिक्षकहरूलाई समेत सहभागी गराइने प्यब्सनले जानकारी दिएको छ ।
सम्मेलनमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास, र शिक्षक–विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल गरिने प्यब्सनका अध्यक्ष डिके ढुंगानाले बताएका छन् । त्यसैगरी विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण, र शैक्षिक नेतृत्वको सुदृढीकरणमा महत्वपूर्ण सुझावहरु प्रस्तुत गरिने र अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमा नै प्रदान गरी नेपालबाट बाहिरिने विद्यार्थी रोक्न र नेपालमा नै विदेशी विद्यार्थी अध्ययन गराई नेपाललाई शैक्षिक गन्तव्य बनाउने सम्मेलनको उद्देश्य रहेको छ ।