निजी प्रकाशन गृहले आगामी शैक्षिक वर्षका लागि तीन कक्षाका पाठ्यपुस्तक मात्र छप्न पाउने

निजी प्रकाशन गृहले आगामी शैक्षिक वर्षका लागि तीन कक्षाका पाठ्यपुस्तक मात्र छप्न पाउने
एडुपाना बुधबार, कात्तिक ७, २०८१

१, २, ३, ४ कक्षा गरी चार कक्षाका पाठ्यपुस्तक छापेका निजी प्रकाशन गृहले आगामी वर्ष कक्षा १ ,२ र ४ गरी तीन कक्षाका पाठ्यपुस्तक मात्र छाप्न पाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार कक्षा ३ को पाठ्यपुस्तक छाप्न इच्छुक प्रकाशन गृहले १५ दिन भित्र आवेदन दिनुपर्नेछ ।