भारतीय राजदूतावास, काठमाडौँले एक सूचना प्रकाशित गरी ‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीबाट आवेदन माग गरेको छ। दुतावासले वार्षिक पारिवारिक आय नेरु. २ लाख भन्दा कम भएका विद्यार्थीबाट अनलाइन आवेदन माग गरेको हो। दुतावासको सूच्नामा ‘महात्मा गान्धी छात्रवृत्ति योजना २०२४-२५ (कक्षा ११ का लागि) र स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि आवेदन माग गरेको उल्लेख छ।
इच्छुक विद्यार्थीले वेब पोर्टल www.goischolarship.com.np मार्फत मंसिर ४ गते राती ११ बजेर ५९ मिनेटभित्र आवेदन दिनुपर्ने दुतावासले जारी गरेको सूचनामा उल्लेख छ।