शिक्षा मन्त्रीका १०० दिन: अनिवार्य र निःशुल्क शिक्षामा प्राथमिकता

शिक्षा मन्त्रीका १०० दिन: अनिवार्य र निःशुल्क शिक्षामा प्राथमिकता
एडुपाना शुक्रबार, कात्तिक ९, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा सुधार ल्याउन माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने उद्देश्यले कार्ययोजना तयार पारेर कार्यान्वयन अघि बढाइएको बताएकी छन्।

बिहीबार शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पूरा भएका अवसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले तिनै तहका सरकारको सहभागितामा अनिवार्य तथा निःशुल्क शिक्षाका लागि कार्ययोजना तयार भएको जानकारी दिइन्।

उनले मौजुदा शिक्षक दरबन्दीको पुनरावलोकन र अपुग दरबन्दीको मूल्यांकनसहितको प्रस्ताव तयार गर्न कार्यदल गठन गरिएको बताइन्। साथै, राष्ट्रिय परीक्षा बोर्डको पुनःसंरचना गरी समग्र परीक्षा प्रणाली सुधारका लागि सुझाव पेश गर्न र प्रारम्भिक बाल शिक्षाको समयावधि तथा निजी विद्यालय शुल्कलाई व्यवस्थित गर्न पनि कार्यदल गठन गरिएको जानकारी दिइन्।