जनक शिक्षा अब हुलाक टिकट, भिसा स्टिकर र जग्गाधनी प्रमाणपत्र छाप्न सक्षम

जनक शिक्षा अब हुलाक टिकट, भिसा स्टिकर र जग्गाधनी प्रमाणपत्र छाप्न सक्षम
एडुपाना सोमबार, कात्तिक १२, २०८१

जनक शिक्षा सामग्री केन्द्रले अब हुलाक टिकट, जग्गाधनी प्रमाणपत्र, र भिसा स्टिकर छाप्न पाउने भएको छ। कात्तिक ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले जनक शिक्षालाई यी छपाइको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि भारत, इन्डोनेसिया लगायतका देशहरूमा गरिँदै आएको छपाइ कार्य अब जनक शिक्षाबाटै हुनेछ।

विद्यालय तहको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारीमा रहेको जनक शिक्षाले अब जग्गाधनी प्रमाणपत्र र भिसा स्टिकर पनि छाप्न पाउनेछ। यसअघि जनक शिक्षाले आन्तरिक राजस्वका स्टीकर, यातायात कार्यालयका ब्लूबुक, निर्वाचनका मतपत्र तथा एसईई र कक्षा १२ का प्रश्नपत्र समेत छाप्दै आएको थियो।

जनक शिक्षाको सेक्युरिटी प्रेसमा पहिले नै कडा सुरक्षा व्यवस्थासहित हुलाक टिकट छापिँदै आइरहेको छ। हुलाक सेवा विभागको सहमतिअनुसार, जनक शिक्षाले लालीगुराँस, रैथाने वनस्पति, राजनीतिज्ञ र शहीदसम्बन्धी १४ प्रकारका हुलाक टिकट छाप्दै आएको छ।