नेपाल खुला विश्वविद्यालयकाे उपकुलपतिमा शिलु बज्राचार्य नियुक्त भएकी छन् ।
हिजो बसेकाे मन्त्रिपरिषद् बैठकले बज्राचार्यलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
८ महिनापछि विश्वविद्यालयले उपकुलपति पाएको हो । उनी विश्वविद्यालयको उपकुलपति बन्ने नेपालकै दोस्रो महिला हुन् । यसअघि सुदूरपश्चिम विश्वविद्यालयमा भुषण श्रेष्ठ पहिलो उपकुलपति बनेकी थिइन् ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भिमप्रसाद सुवेदी संयोजकत्वको सिफारिस समितिले बज्रचार्यसहित प्रा.डा. मनप्रसाद वाग्ले र प्रा.डा. इन्द्रबहादुर कार्कीको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो ।
शंकरदेव क्याम्पसको पूर्वप्रमुख समेत रहेकी नवनियुक्त उपकुलपति बज्राचार्य यसअघि खुला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायको डिन थिइन् ।