स्थगित परीक्षा पुनः सञ्चालन गर्ने तयारीमा त्रिवि

स्थगित परीक्षा पुनः सञ्चालन गर्ने तयारीमा त्रिवि
एडुपाना मंगलबार, माघ १८, २०७८

कोभिड-१९ का कारण स्थगित भएका परीक्षा फागुनमा गर्ने तयारी गरेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल गरिरहेको २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको बताएका छन् ।

जोशिका अनुसार सम्पन्न हुने क्रममा रहेका बाँकी परीक्षाहरु र सञ्चालनको पूर्व तयारी अवस्थामा रहेका कोभिड संक्रमणका कारण स्थगित भएका परीक्षाहरु फागुन महिनामा सक्नेगरी तालिका सार्वजनिक गर्न लागिएको बताए ।

विश्वविद्यालयले कोभिड १९ को तिब्र संक्रमणका करण अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापक समेत संक्रमण भएका कारण सम्पूर्ण परीक्षाहरु सूचना जारी गरी स्थगित गरेको थियो । विश्वविद्यालय द्धारा संचालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु माग ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।