फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न अनुमति

फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न अनुमति
एडुपाना सोमबार, माघ २४, २०७८

सीसीएमसीसीको सिफारिसका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्थाहरु खोल्ने निर्णय गरेको । आइतबार बसेको सीसीएमसीसीको बैठकले फागुन १ गतेदेखि शैक्षिक संस्थाहरु खोल्न सिफारिससँगै जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्थाहरु खोल्ने निर्णय गरेको हो ।

आइतबार नै जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दे विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आगामी फागुन १ गतेदेखि सञ्चालन गर्ने पनि निर्णय गरिएको जनाएको छ ।

तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्या विचार गरी सम्बन्धित स्थानिय तहको समन्वयमा विद्यालय व्यावस्थापनले आलोपालो गरी कक्षा सञ्चालन गर्ने प्रशासनद्वारा जारी आदेशमा भनिएको छ ।

सबै किसिमका परीक्षाहरु स्वस्थ्य मापदण्ड पूर्ण पालना गरी जेड आकारमा सिट व्यावस्था गरी फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने जनाएको छ ।