त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा आवेदन फाराम खुला गरेको छ । तेस्रो वर्षका नियमित तथा आंशिक तर्फका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो ।
विश्वीवद्यालयले व्यावस्थापन, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत बि.बि.एस, वि.एड र बि. एस्सी का नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुलाई परक्षिा फारम भर्न भनिएको छ ।
साथै परीक्षा फाराम माघ २५ गतेदेखि फागुन २४ गतेसम्म नियमित र साधारण म्याद सकिएको एक हप्ताभित्र देब्बर दस्तुरमा भर्न सकिने जनाएको छ ।