त्रिभुवन विश्वविद्यालयले फागुन १ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । विश्वविद्यालय अनतर्गतका सवै स्कुल, विभाग र क्याम्पसलाई फागुन १ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।
विश्वविद्यालयले एक सूचना जारी गर्दे सम्बन्धित स्थानीय तहले तोकेको समयसिमा र मापदण्डभित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी सकेसम्म भौतिक उपस्थितिमा पठनपाठन गराउने भनिएको छ ।
त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जारी गरेको सूचनामा उल्लेख छ ।