म्याथम्याटिकल एसोसियसन अफ नेपालले अन्तरराष्ट्रिय तहमा विद्यार्थीहरुलाई सहभागिता गराउदै आएको छ । बिदेशमा मात्र नभएर देशभित्र पनि स्कुलका विद्यार्थीहरुको म्याथम्याटिकल ज्ञान अभिबृद्धी गर्नको लागि यस संस्थाको स्थापना गरिएको संस्थाका संस्थापक अध्यक्ष दिपक बास्तोलाले बताए ।
यस संस्थाले हाई-स्कुलका विद्यार्थीहरुलाई सन २०१७ देखि ईन्टरनेशनल म्याथम्याटिकल ओलम्पियाडमा सहभागिता गराउदै आएको छ । बिगतका बर्षहरुमा विद्यार्थीहरुलाई ब्राजिल, रोमानिया, यूके, रसिया जस्ता देशहरुमा सहभागिता गराएको थियो भने यस बर्ष नर्वेको ओस्लोमा विद्यार्थीहरुलाई सहभागिता गराउने तयारी भइरहेको कुरा संस्थाका अध्यक्ष बास्तोलाले जानकारी दिए ।
देशभरिबाट, जिल्ला स्तरिय बिभिन्न प्रतिस्पर्धा गराई उनीहरुलाई तालिम प्रदान गर्दै बिभिन्न चरणमा छनोट गर्दै अन्तमा छानिएका ६ जनालाई यही जुलाई ६ देखि १६ सम्म नर्वेको ओस्लोमा हुने ६३ औं ईन्टरनेशनल म्याथम्याटिकल ओलम्पियाडमा सहभागी गराउने भएको छ र त्यसका लागि यही फाल्गुनको १४ गते अर्को चरणको छनोट कार्यकम काठमाडौंमा हुन गइरहेको साथै २०२३ को जुलाईमा जापानमा हुने ईन्टरनेशनल म्याथम्याटिकल ओलम्पियाडको लागि भने छनोट प्रतियोगिता मे २०२२ बाट हुने, जसमा २० बर्ष भन्दा कम उमेरका र विश्वबिद्यालय तहका अध्ययन सुरु नगरेका विद्यार्थीहरु सहभागी हुन सक्ने संस्थाका अध्यक्षले बताए ।