सरकारले दुर्गम क्षेत्रबाट काठमाण्डौ आएर घरभाडामा बसेका विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउने भएको छ । सरकारी वा सामुदायिक शिक्षण संस्थामा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई खाना पकाउने ग्यासको बढ्दो मूल्य वृद्धिबाट राहत होस भनि उपलब्ध गराउने भएको हो ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सूचना निकालेर विद्यार्थीलाई राहत दिन र विद्युतीय चुल्होको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम ल्याएको केन्द्रले जनाएको छ । विद्यार्थीहरुले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिस सहित निवेदन दिन भनिएको छ । आउँदो २५ गतेसम्म निवेदन दिन सकिने छ ।