राष्ट्रको निर्माणमा सबै तहका व्यक्तिहरुको सक्रिय सहभागिता आवश्यक हुन्छ। यसमा सहभागी हुने विद्यार्थीहरुको पनि विशिष्ट योगदान रहँदै आएको छ । विद्यार्थीले आफ्नो ज्ञान र सिपलाई सामाजिक, आर्थिक, राजनीतिक एवम् सांस्कृतिक लगायतका क्षेत्रमा समर्पित गरेर राष्ट्रको निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । राष्ट्रको विकासमा आवश्यक पर्ने परिवर्तन र गतिविधिमा विद्यार्थी नै सक्रिय संलग्नतामा रहेका छन् विद्यार्थीको सोच, आचरण र गतिविधि नै राष्ट्रको भविष्यलाई दिशा दिने भएकाले उनीहरूलाई सही दिशामा अभिप्रेरित गर्नुपर्ने आवश्यक देखिएको छ।विद्यार्थी समाजको सचेत वर्ग भएकाले सामाजिक चेतना फैलाउने कार्यमा प्रभावकारी भूमिका रहन्छ। इतिहासतर्फ हेर्दा पनि विद्यार्थी वर्गले राष्ट्रको निर्माणमा उल्लेखनीय योगदान पुऱ्याएका छन् ।
नेपालमा वि.स २००८ सालको प्रजातान्त्रिक क्रान्तिमा विद्यार्थीको पनि सक्रिय सहभगिता रहेको थियो । त्यसैगरी नेपाल विद्यार्थी संघ, अनेरास्ववियु लगायतका विद्यार्थी संगठनका साथस शक्त आन्दोलनले राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेले । वि.सं. २०४६, २०६२/६३ लगायतका २०२८, २०३६ साल जस्ता थुप्रै विद्यार्थी आन्दोलनका विरोध र आवाज पनि राजनीतिक र सामाजिक सुनधारका केही महत्वपूर्ण मोड थिए । त्यसरी नै विद्यार्थीले राजनीतिक क्षेत्रमा सकरात्मक परिवर्तन र जोकतत्र स्थापनासँगै राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुयाएका समेत थिए । विद्यार्थीहरुले राजनीतिक क्षेत्रमा मात्र होइन, पर्यावरणीय संरक्षण अभियानमा सक्रिय सहभागी, सांस्कृतिक संरक्षण, प्रविधि र नव प्रवर्तन, सामाजिक जागरण आदि जस्ता थुप्रै क्षेत्रमा सक्रिय सहभागिता दिँदै आएका छन्। वि.सं. २०१५ सालको गोर्खा भूकम्प पछि नेपालका विभिन्न विद्यालय र कलेजका विद्याथीले राहत वितरण, स्वास्थ्य सेवा, पून निर्माण आदि जस्ता कार्यमा विशेष भूमिका खेले । यतिमात्र नभई वैज्ञानिक आविष्कार र प्राविधिक क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेछन् जसले देशको प्रतिष्ठा बढाएको छ। विद्यार्थीले समाजमा सचेतना र जागरण फैलाएर भौतिक विकास मात्र नभई नागरिकहरुको मानसिक, सांस्कृतिक र सामाजिक उन्नतिमा समेत वृद्धि र सुधार ल्याउनमा विवेकपूर्ण सक्रिय सहभागितामा अग्रपंक्तिमा रहेका छन् । विद्यार्थीहक नै उपयुक्त गान र सिप हासिल गरी राष्ट्र निर्माणका लागि दहा जनशक्ति बन्न पुग्दछन् । उनीहरुनै शिक्षाका साथै साक्षरता अनि भयान, स्वास्थ्य जागरुकता, सहिला सशक्तिकरण, वातावरण संयानण जस्ता क्रियामा सक्रिय भूमिक खेल्न सक्छन् । यसले समाजमा सकरात्मक परिवर्तन ल्याउँछ । यसरी नै राजनीतिक चेतनार सक्रियता महत्वपूर्ण भूमिका हुन्। देशको नीति निर्माणया उनीहरूको विचार धाराले ठूलो प्रभाव पार्न सक्छ । उनीहरुले लोकतान्त्रि मूष्य- हरूको संरक्षण गर्दै सही नेतृत्वययनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।विद्यार्थीहरू युवा उमेरमा हुनै भएकाले जोश, जाँगर र सृजनरशीलताले, भारपूर्ण हुन्छन् ।नयाँ आविष्कार, उद्यमशीलता र प्रकि धिको विकासमार्फत देशको आर्थिक र प्राविधिक विकासलाई गति दिन सक्छन् । साथै सांस्कृतिक संरक्षण र प्रवर्द्धन, स्वयंसेवक कार्यमा संलग्नता, पर्यवरणीय जागरुकता, राष्ट्रिय ठाउँको विकास आदिमा सहभागी भई राष्ट्र विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यसप्रकार विद्यार्थीहरु राष्ट्रको मेरुदण्ड र निर्माताका रूपमा रहँदै आएता पनि हाल परिस्थिति निकै गम्भिर रहेको छ। विद्यार्थीहक शिक्षा पूर्ण नहुँदै विदेशीने प्रवृत्ति निकै बढ्दो क्रममा रहेको छ । यसरी नै विद्यार्थीहक बाहिरिने हो भने राष्ट्र कमजोर हुन पुग्नेछ । यसले आउने पुस्तालाई समेत निरुत्साह र गलत घाटोमा लैजान सक्छ, जुन राष्ट्र निर्माणका लागि घातक परिणाम बन्न सक्छ। तसर्थ, विद्यार्थीहरुलाई समयमै स्वदेशमानै शान र सिप प्रयोग गरी राष्ट्र निर्माणमा टेवा पुप्याउनतर्फ अभिप्रेरित गर्नुपर्छ । विद्यार्थीहकलाई स्वदेशमै राष्ट्र भाव जगाई रहन सक्ने वातावरण सिर्जना गर्न सकिएमा मात्रै राष्ट्र निमार्णको प्रक्रिया सन्तुलन ढङ्गले अघि बढ्न सक्छ ।
विद्यार्थीहरुलाई सही बाटो र वातावरण दिने हो भने राष्ट्रका जागि बलियो खम्बा तयार पार्न सकिन्छ । उनीहरुको अनुशासन र यरित्र राष्ट्र निर्माणको महत्वपूर्ण पक्ष हो । उनीहकको सक्रियता, समर्पण रजानका साथै, एकता, इमान्दारी, परिश्रम र निष्ठाले नै राष्ट्रलाई प्रगतिको बाटोमा अधि बढाउन सहयोग गर्छ । अर्थात, देशको प्रगति र सम्मृद्धको मुख्य आधार भनेकै शिक्षित र सचेत नागरिक हुन् जुन विद्यार्थीबाट नै सिर्जित हुने गर्दछन् । अतः विद्यार्थी केवल सिक्ने र अध्ययन गर्ने मात्र नभई भविष्यमा देशलाई समृद्ध, आत्मनिर्भर शसन्तुलन अवस्था बनाउँदै देश निर्माणको आधार बन्ने नागरिक हुन्। यसप्रकार विद्यार्थी राष्ट्रका कर्णधारका रुपमा लिइन्छा उनीहरूको महत्व र आवश्यकता बुझेर राष्ट्र निर्माणमा एकिकृत हुनु अहिलेको विशेष अनिवार्यता रहेको छ।
करिश्मा सिंह ठकुरी, कक्षा १०, रत्न राज्य माध्यामिक विद्यालय